२०८१ श्रावण १२

नेप्से १७.५६ अंक घट्यो
  • लुम्बिनी खोज
  • २०८० आश्विन १६, मंगलवार १०:०८ गते

बुटवल १६ असोज।
मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार बजार परिसूचक नेप्से १७.५६ अंकले गिरावट भएर १९५८.७२ को बिन्दुमा बन्द भएको छ । जुन सोमबारको भन्दा ०.८८ प्रतिशतले गिरावट भएको हो ।
सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । व्यापार उपसूचक सर्वाधिक १.४७ प्रतिशतले गिरावट हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य उपसूचक १ प्रतिशत भन्दा बढीले गिरावट भएका छन् ।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । मंगलबार १ अर्ब १९ करोड ९१ लाखमा सिमित भएको छ । ५५ हजार ९६ वटा कारोबारमा ३९ लाख ६५ हजार ९१७ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।