२०८१ श्रावण १२

कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने
  • लुम्बिनी खोज
  • २०८० आश्विन १६, मंगलवार १४:१६ गते

काठमाडौं १६ असोज ।
सरकारले चाडपर्वलाई कारण देखाएर कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्ले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्तिलाई कानुनबमोजिम कडा कारबाहीका लागि कोही कसैसँग सूचना भए (हेलो सरकार) वाणिज्य विभागको पोर्टल वा टोल फ्रि नम्बर ११३७ मा सूचना दिन पनि आग्रह गरेको छ ।

सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘चाडपर्वको बाहाना बनाएर कृत्रिम मूल्यवृद्धि, नाफोखोरी गर्ने, कालोबजारी गर्ने र खाद्य वस्तुको गह्र कानुनी भण्डारण गर्नेलाई प्रचालित कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय भएको छ,’।
यस्तै बजार अनुगमनका सबै संयन्त्रलाई थप प्रभावकारी बनाउन र सरकारी सहुलियत पसल तत्काल सञ्चालनमा ल्याउने निर्णय पनि सरकारले गरेको मनत्री शर्माको भनाइ छ ।