२०८१ माघ २३
बुटवल १८ असोज ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ११.०४ अंकले घट्दै १९ सय ५६.९२ विन्दुमा झरेको हो ।
आज कारोबार रकम समेत घटेर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।