२०८१ श्रावण १२

राजारुन्खा माविमा कविता वाचन कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८० आश्विन १९, शुक्रबार १०:०८ गते

गुल्मी १९ असोज ।
राजारुन्खा मा. वि. गुल्मीदरबार ३ गुल्मीमा खुला कविता वाचन कार्यक्रम गरिएको छ । शुक्रवारिय अतिरिक्त कृयाकलाप अन्तर्गत आज शुक्रवार खुला कविता वाचन कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक अनिल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व प्रधानाध्यापक बिनोद कुमार भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रमको निर्णायक भुमिकामा शिक्षिकाहरु सदिक्षा मरासिनी र मिना खासुले गरेका थिए । उक्त कार्यक्रमको सन्चालन शिक्षक युवराज कुवरले र समय ब्यवस्थापन शिक्षक विवस बन्जाडेले गरेका थिए । जसमा आश्रय घर्ती पहिलो, रक्षा घिमिरे दोस्रो र युवराज घर्ती तेस्रो भएका थिए। सङसङै कक्षा १० को अ. विज्ञानको साप्ताहिक सुधार अभ्यास परिक्षा पनि सप्पन्न भएको छ । विद्यार्थि सिकाइलाई मध्यनजर गर्दै सिकाइलाई अभ्यस्त बनाउन कक्षा १० को साप्ताहिक परिक्षासुरु गरिएको शिक्षक कुवरले बताए । विद्यालयमा साप्ताहिक रुपमा विषयगत परिक्षा साथै मानव जिवनमा आधारित शिक्षा कार्यक्रम सन्चालन गरिने र साथै अतिरिक्त कृयाकलापले विद्यार्थी प्रतिभा पहिचान र कार्यकलापमा विद्यार्थी सहभागी वृद्धि हुने प्रधानाध्यापक विश्वकर्माले जानकारी दिए ।