२०८१ श्रावण १२

झलनाथको प्रतिष्ठानमा सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार
  • लुम्बिनी खोज
  • २०८० आश्विन २१, आईतवार ०८:५५ गते

काठमाडौँ २१ असोज ।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने नाममा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्) लाई १७ करोड बढी रकम निकासा गरेको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मन्त्री विजयकुमार, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्का सञ्चालक समितिका पदाधिकारीहरू अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायले र खड्का विरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।