२०८१ श्रावण १२

खुला भलिबल प्रतियोगिताको आयोजना
  • लुम्बिनी खोज
  • २०८० आश्विन २४, बुधबार ११:५८ गते

अर्घाखाँची २४ असोज ।
विरेन्द्र शिक्षा क्याम्पस मालारानी २ अर्घाखाँचीले खुला भलिबल प्रतियोगिता आयोजना गरेको छ। स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कात्तिक ४ र ५ गते मालारानी २ गहतेरामा प्रतियोगिता राखिएको छ।
विजया दशमी तथा शुभ दिपावलीको अवसरमा कार्यक्रम राखिएको र खेलकुद कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने गरी तयारी थालिएको क्याम्पस प्रमुख कमल पछाइले जानकारी दिए ।

उक्त खेलकुद कार्यक्रमको प्रथम पुरस्कार सौजन्य व्यवसायी एवम समाजसेवी अर्जुन कुवर , दित्तिय पुरस्कार सौजन्य समाजसेवी सृजन थापा , तृतीय पुरस्कार सौजन्य समाजसेवि मिलन केसि र शान्त्वना पुरस्कार सौजन्य दर्शन पछाइले गरेका छन् । अन्य साउन्ड सिस्टम, बेस्ट प्लेयर अवार्ड र प्रमाण पत्र सौजन्य विविध सहयोगीदाताहरु द्वारा प्रदान गरिने क्याम्पसका अध्यक्ष शिवलाल कुवरले जानकारी दिएका छन् ।