२०८१ श्रावण १२

नेप्से ५ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० आश्विन २४, बुधबार १२:२९ गते

बुटवल २४ असोज ।
लगातार चार दिन घटेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार ५ अंकको सुधार आएको छ । बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।

यो साता आइतबारदेखि मंगलबार सम्ममा ६७ अंकले घट्न पुगेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।