२०८१ श्रावण १२

सियारीमा बजार अनुगमन
  • लुम्बिनी खोज
  • २०८० आश्विन २४, बुधबार १२:४२ गते

भैरहवा, २४ असोज ।
रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सियारी गाँउपालिका तथा गाँउपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो ।
सियारी १ मा रहेका किराना पसल, मिनि मार्ट, मासु पसल, फेन्सी लगायतका पसलहरुमा अनुगमन गरिएको छ। पालिकाले वडा नम्बर एकमा रहेका ५० बढी पसलमा अनुगमन गरेको थियो । वडा अध्यक्ष अरुण कुमार शाहि, पालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थी, आर्थिक प्रशासन शाखा प्रमुख नारायण प्रसाद पौडेल, आर्थिक बिकास शाखा प्रमुख गणेशप्रसाद खनाल, बाणिज्य कार्यालय रुपन्देहीका सुचना अधिकारी नारायण पन्थी, पालिकाका बिभिन्न शाखाका प्रतिनिधि लगायत स्थानिय प्रहरी, नगरप्रहरी लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।
अनुगमन गरिएका मध्ये केहि किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री बरामद गरी नष्ट गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । अनुगमनका क्रममा बिभिन्न ब्राण्डका मसलाका प्याकेट, काजु, मह, मच्छड धुप लगायतका म्याद गुज्रिएका सामान फेला पारी नष्ट गरिएको छ ।
अनुगमन गरिएका मध्ये अधिकांश पसल पालिकामा सुचीकृत नभएको पाईएको आर्थिक बिकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए । उनले पालिकामा सचीकृत नभएका पसलहरुलाई एक महिना भित्रमा पालिकामा आएर दर्ता हुन आग्रह गरिएको बताए ।