२०८१ श्रावण १२

इरानविरुद्ध नेपाल २७४ रनले विजयी
  • लुम्बिनी खोज
  • २०८० आश्विन २५, बिहीबार ०९:१८ गते

बुटवल,२५ असौज ।

एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा बिहीबार भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको हो। जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो।

इरानका लागि आमेर खोर्सन्दले ३७ रन बनाए । उनले २२ बलमा एक चौका र पाँच छक्कासहित ३७ रन बनाएका हुन् । साबेर इब्राहिमपुर ४३ बलमा एक चौकासहित ११ रनमा नटआउट रहे । त्यसबाहेक अन्य इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

इरानलाई सस्तैमा समेट्ने क्रममा नेपालका दीपेश कँडेल र सुवास भण्डारीले समान तीन–तीन विकेट लिए । त्यस्तै, हेमन्त धामी र आकाश चन्दले समान दुई–दुई विकेट झारे ।