८ जेष्ठ २०८१, मंगलवार

संघीयता प्रतिको जनताको निरासा हटाउने गरि काम गर्नु पर्छ : मुख्यमन्त्री चौधरी
  • लुम्बिनी खोज
  • २५ आश्विन २०८०, बिहीबार ०९:५१

बुटवल,  २५ असोज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयता प्रतिको जनताको निरासा हटाउने गरि सरकारले काम गर्नु पर्ने बताएका छन  । उनले तिनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरि जनता प्रतिको विश्वास बढाउनु पर्ने र संघीयता प्रति बढेको निरासा कम गराइ संघीयता र संबिधान प्रतिको विश्वास बढाउनु पर्ने बताए  । अधिकार सबैले प्रयोग गरौ, जनताको विस्वास हराउन दिनु हुदैन, उनले भने , संघियतामा विकास, नेतृत्वमा प्रतिस्पर्धा गरौ र जनताको पहुच बढाउ । तर आलोचना र चुनौतिमा मात्रै अलमल नगरौ । बिहीबार लुम्बिनीमा भएको संघियता कार्यान्वयन्मा योजना तर्जुमा र विकास व्यबस्थापन सम्बन्धि अन्तर प्रदेश अनुभव आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन  । उनले संघीयता र संविधान कार्यान्वयनको चुनौती रहेको भन्दै यस्को औचित्य पुष्टि गर्नु पर्ने बताए । मुख्यमन्त्रीले संघियता फेल भयो भने संबिधान पनि फेल हुने हुदा यो चुनौती सबै मिलेर सामना गर्नु पर्ने बताए ।

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनीका पुर्व मुख्यमन्त्री लिला गिरीले संघीयता कार्यान्वयनका लागि सबैले नियत सफा राखेर काम गर्नु कर्ने बताए । मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु यादबले केन्द्रले संघीयता प्रती राख्ने दृस्टीकोण फरक रहेको बताए । कार्यक्रममा नीतिनिर्माता गर्दा र योजना निर्माणमा साझा सवाल जोड्न र अनुभव आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष डा नहकुल केसीले बताए । लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले संघीयताको मर्म सहकार्य, समन्वय र सह अस्तित्व कायम गर्ने रहेको बताए ।  कार्यक्रममा सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष , सदस्य लग्गायत्को सहभागिता रहेको छ ।