२०८२ बैशाख ३०
काठमाडौँ २५ असोज ।
इजरायलमा रहेका २५३ नेपाली नागरिक लिएर नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । विमानमा विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार छन् ।
उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
सरकारले स्वेदश फिर्ता हुन चाहनेका लागि लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरु उक्त विमानबाट नेपाल आउदैछन् ।