२०८१ श्रावण १२

अर्थतन्त्र सुधारमा भन्दा पनि सरकारमा पुग्न र टिक्नमा नै ध्यानः एमाले उपाध्यक्ष विष्णु पौडेल
  • लुम्बिनी खोज
  • २०८० आश्विन २८, आईतवार १३:१० गते

बुटवल,२८ असोज ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेपनि सरकार गंभिर हुन नसकेको आरोप लगाएका छन् । बुटवलमा आइतबार प्रेस चौतारी रुपन्देहीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले मुलुकलाई तस्करीको केन्द्रका रुपमा वदनाम गर्ने काम पनि यही सरकारबाट भएको आरोप समेत लगाए ।
अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुग्दा पनि लयमा फर्काउन सरकारको रुचि तथा चासो नदेखिएको र आर्थिक वेथितिको संरक्षणमा सरकारले काम गरेको आरोप उनको छ । सरकारले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको करका दरहरु परिवर्तन गरेपनि राजश्वमा सुधार हुन नसकेको उल्लेख गर्दै नेता पौडेलले अहिले सरकारमा रहेकाहरु सरकार अर्थतन्त्र सुधारमा भन्दा पनि सरकारमा पुग्न र टिक्नमा नै ध्यान केन्द्रीत रहेको बताए ।
मुलुकको राष्ट्रपति रामचन्द्र पौडेल दलको नेताजस्तो बन्न नहुने धारणा राख्दै उपाध्यक्ष पौडेलले कांग्रेसलाई भोट गरेकोमा धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन अग्रसर हुन नहुने बताए ।
सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउनको काममा समेत उदत देखिएको उनले आरोप लगाए । अपराधीलाई रिहा गरेर अधिकारको दुरुप्रयोग गर्ने काम भएको उनको टिप्पणी छ ।
कोशी प्रदेश सरकारको लागि एमालेले कुनै खेल नखेकोलेको भन्र्दैै नेता पौडेलले मुख्यमन्त्री केदार कार्कीलाई सहयोग गरेर प्रदेशलाई संकटतर्फ जानबाट जोगाएको बताए । नेपालीहरूबीच लामो समयदेखिको धार्मिक एकता र सदभावलाई मान्दै पर्वहरु मनाउन उनले सबैलाई आग्रह पनि गरे ।