२०८१ कार्तिक ६

रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट एमाले र काँग्रेस निकट उद्योगीहरुको प्यानल विजय
  • लुम्बिनी खोज
  • २०८० आश्विन ३०, मंगलवार ०९:५० गते

बुटवल , ३० असौज ।
रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा ९एमाले० र नेपाली काँग्रेस पार्टी निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन । ,त्यस्तै कोषाध्यक्षमा युवराज आचार्य ३७८ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिष्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत पाए ।
त्यस्तै सचिवमा सुमन बस्याल ३९६ मत ल्याइ विजयी हुँदा उनका प्रतिष्पर्धी कमल ज्ञवालीले २९१ मत ल्याए । सहकोषाध्यक्षमा विशाल बेलबासे ४२५ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रेमबहादुर आलेले २६८ मत ल्याए ।
त्यस्तै महिला सदस्यमा मिना थापा तुलाधरले ४८९ र शारदा भट्टराईले ४५७ मत ल्याइ विजयी भएका छन् । त्यस्तै ८ जना खुला सदस्यका लागि भएको मतदानमा कृष्णप्रसाद पोखरेल ४८३, नारायणप्रसाद खनाल ४९२, मोहनीलाल रिजाल ४३१, बलबहादुर गोदार ४१५, अखिलेश गुप्ता ४२०, किरण खरेल ४८९, चक्रपाणी तिवारी ३७३ र अशोक कुँवर ४८० मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए । एकहजार १३ जना मतदाता रहेकोमा ७०३ मत खसेको थियो ।

यसअघि नै अध्यक्ष पदमा दिलिप सापकोटा, संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल निर्वाचित भएका छन् । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बांकी एमाले निकट हुन् । यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए ।