२०८१ श्रावण १२

तिनाउ इन्टरनेशनल हस्पिटल पाचौं वर्ष प्रवेश
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १, बुधबार ०८:३० गते

बुटवल १ कात्तिक ।
बुटवल ८ सुख्खानगरमा रहेको तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.पाचौं वर्ष प्रवेश गरेको छ । सो अवसरमा अस्पतालमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको छ । अस्पताल परिसरमा एक कार्यक्रम गरि पाँचौ बर्ष प्रवेशको अवसरमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूको अनुभव, परिपक्वता, लगाव, कार्यकौशलता, इमान्दार र प्रभावकारी भूमिकालेले नै अस्पतालको गरिमा बढाएको भन्दै अस्पताल विकास समितिका अध्यक्ष चिरन्जीवी जोशीले सबैलाई आभार व्यक्त गरे ।
यसैगरि अस्पताल ब्यवस्थापन र चिकित्सकहरुप्रतिको विश्वास बिरामीले प्राप्त गरेको सन्तुष्टी र गुणस्तरिय सेवाले नै यस अस्पताल बुटवल नगरकै पहिलो रोजाइ बन्न पुगेको उनले बताए । विशेषज्ञ सेवा प्रदान गर्दैै आइरहेको अस्पतालले एक सय भन्दा बढीलाई रोजगारी प्रदान गरिरहेका छ । संस्थालाई यहा सम्म पुयाउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, शुभेच्छुक सेवाग्राहीलाई मेडिकल सुपरीवेक्षक डा. राजेन्द्र संजेल क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै, प्रयाप्त भौतिक पुर्वाधार निमार्ण सहितको विशेषज्ञ सेवाले अस्पताल छोटो समयमै स्थापित हुदै गएको बताए ।
बुटवलमा ट्रमासेन्टरकै रुपमा विकास गर्दै अघि बढेको अस्पतालले चाडपर्वका अवसरमा समेत विशेष सेवा र सुविधा उपलब्ध गराउदै आएको छ । २४ सै घण्टा सेवा दिईरहेको अस्पतालले विशेष छुट सुविधा समेत दिईरहेको छ।