२०८१ माघ २८

१९ सय बिन्दुमाथि उक्लियो नेप्से
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १, बुधबार १०:०२ गते

बुटवल १ कात्तिक ।
बुधवार सेयर बजार परिसूचक नेप्से ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको छ।
लगातारको ओरालो यात्राले १८ सय विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार बढेको हो । दुइदिन बढेपछि १९ सय विन्दु पार गरेको छ।

बजार उच्च अंकले बढेको भए पनि आज कारोबार रकममा भने गिरावट आएको छ। यसदिन दुई सय ८६ कम्पनीका ३७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ९३ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। हिजो एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज सबैजसो समूहको सेयर बढेको छ।