२०८१ श्रावण १२

पाल्पा दुर्घटनामा ६ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० कार्तिक ५, आईतवार १७:१८ गते

पाल्पा ५ कात्तिक।

आइतबार पाल्पाको रानीमहल दरबारनजिकै भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली नगरपालिका– १६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, अन्दाजी ६० वर्षीया पार्वती लोहनी, ३५ वर्षीया सविना धिताल, ११ वर्षीय सविन लोहनी र साढे दुई वर्षका इसव लोहनी छन् ।

यस्तै, लमजुङ बेसीसहर नगरपालिका– २ भकुण्डेकी ५५ वर्षीया चुना धितालको पनि ज्यान गएको छ । सवारी चालक रजहरका ३६ वर्षीय ईश्वरबहादुर लोहनीको अवस्था गम्भीर छ ।

बागमती प्रदेशको ०१–२६च– ७२०९ नम्बरको कार पाल्पाको तानसेन नगरपालिका– १३ बैकुन्ठेभिरस्थित तानसेन रानीमहल पक्की सडकखण्डमा पर्ने रानीमहलबाट तानसेनतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

कार सडकबाट करिब एक सय मिटर तल बराङ्दी खोलामा खसेको थियो ।