२०८१ श्रावण १२

यूएईमाथि नेपालको ५ विकेटको जित
  • लुम्बिनी खोज
  • २०८० कार्तिक ६, सोमबार १६:४० गते

काठमाडौं ६ कात्तिक ।
काठमाडौंमा जारी त्रिकोणात्मक टी २० शृङ्खला अन्तरगत सोमवार भएको खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए ।