२०८१ श्रावण १२

दशैं टीकाको उत्तम साइत मङ्गलबार बिहान ११ बजेर २ मिनेटमा
  • लुम्बिनी खोज
  • २०८० कार्तिक ६, सोमबार १६:५९ गते

 

काठमाडौँ ६ कात्तिक ।
यस वर्ष दशैं टीकाको उत्तम साइत मङ्गलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

कात्तिक ७ गते मङ्गलबार परेको विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ ।