२०८१ श्रावण १२

दशैंपछिको पहिलो कारोबारमा नेप्सेमा दोहोरो अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १२, आईतवार ११:४७ गते

बुटवल १२ कात्तिक ।
दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
दसैँको लामो विदापछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आउदा आज दुई सय कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज २७ कम्पनीको मूल्य मात्रै बढेको छ। २७ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार रुपैयाँबराबरको कारोबार भएको हो।