२०८१ श्रावण १२

नेप्से ३ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १३, सोमबार १५:१२ गते

नेप्से ३ अंकले बढ्यो
बुटवल १३ कात्तिक ।
आइतबार २८.१८ अंकले घटेको सेयर बजारमा सोमबार सामान्य सुधार आएको छ । सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर बन्द भयो ।
कारोबार खुलेपछि घट्न शुरु गरेर नेप्से १८५७ विन्दुसम्म झरेकोमा अन्तिम समयमा १८७८.७० विन्दुमा आएर बन्द भएको हो । दिउँसो सवा २ बजेपछि नेप्सेमा सामान्यसुधार देखिएको हो । कारोबार रकम जम्मा ६९ करोड ४२ लाखमा खुम्चिएको छ । आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको थियो ।