२०८१ श्रावण १२

नेपाल टि–२० विश्वकपमा छनोट
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १७, शुक्रबार १०:१० गते

बुटवल १७ कात्तिक ।
नेपाल आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने आईसिसी विश्वकपमा छनोट भएका छन्। शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेट हराउलै विश्वकपमा स्थान बनाएको हो । नेपाल सगै ओमानले पनि स्थान गराएको छ । ओमानले बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।

यस खेलसँगै नेपाल र ओमानले एसिया छनोटको फाइनल खेल खेल्नेछन् । फाइनल आइतबार हुनेछ।
मुलपानी माथिल्लो मैदानमा युएईले नेपाललाई विजयी हुन एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ८ विकेट गुमाउँदै १७.१ ओभरमा विजयी भएको हो।
युएईविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धसतक पुरा गरेका छन्। उनले ५१ बलमा ६५ रन बनाए । कप्तान रोहित कुमार पौडेलले २० बलमा ३३ रन बनाए।

ओपनर कुशल भुर्तेल आठ बलमा ११ रन बनाएर आउट भएका थिए । गुल्शन झाले २२ रन बनाए । युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएको थियो ।