२०८१ श्रावण १२

मध्यरातिको ६.४ म्याग्निच्युडको भूकम्पबाट जनधनको क्षति
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १८, शनिबार ०१:३० गते

बुटवल १८ कात्तिक ।
मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको छ । जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति भएका विवरणहरु आउन थालेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११.४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पमा परी जाजरकोट र रुकुममा ५० जना भन्दा पनि धेरै जनाको ज्यान गएको प्रहरीले बताएको छ । घाइते हुनेको संख्या पनि धेरै रहेको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको छन् ।