२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १८, शनिबार १३:१८ गते

दाङ १८ कात्तिक ।
लुम्बिनी प्रदेश सरकारको आकस्मिक मन्त्री परिषदको बैठक तुल्सीपुरमा सम्पन्न भएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षतामा भएको मन्त्री परिषदको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्नेभएको छ।

शनिबार तुलसीपुरमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा टोली पठाउने निर्णयसमेत गरेको छ।