२०८१ श्रावण १२

सुपर ओभरमा नेपाल चुक्यो, टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जित्यो
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १९, आईतवार १२:०४ गते

 

काठमाडौं ।
टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले जम्मा १० रन मात्र बनाएको थियो ।
पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल खानको बलमा जिसन मक्सुदबाट क्याचआउट भए । दोस्रो बलमा कुशलले रन जोड्न सकेनन् । तेस्रो बलमा एक रन लिए । चौथो बलमा गुल्सनले एक रन लिए । पाँचौँ र छैटौँ बलमा कुशल चौका प्रहार गरे पनि नेपाल हार्न पुग्यो ।

यसअघि एक सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ओभरमा ९ विकेट गुमाउँदै एक सय ८४ रन बनायो । अन्तिम ओभरमा सन्दीप लामिछानेले दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काउन प्रयास गरेका थिए । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा ओमानले सात रन ल्याएपछि खेल बराबर भएको थियो । अन्तिम ओभरमा एक रनआउट सँगै ओमानको तीन विकेट गएपछि उपाधि भिडन्त रोमाञ्चक बनेको थियो ।

नेपाल र ओमान यसअघि नै टी २० विश्वकपमा छनोट भएका छन् । सेमिफाइनलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराएको थियो ।