२०८१ श्रावण १२

सियारीले आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १९, आईतवार १२:११ गते

रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको आइतबारको बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगायतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट १ महिनाको तलव, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिए । सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह गरेका छन् ।
उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत भुकम्प पिडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।