२०८१ श्रावण १२

भूकम्प प्रभवितलाई लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २१, मंगलवार १४:४९ गते

 

लुम्बिनी,२२ कार्तिक ।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पिडितहरुका लागि लुम्बिनी विकास कोषले २५ लाख सहयोग गर्ने भएको छ । कोष सचिवालयको बैठकले तत्काल राहात र उद्धारका लागि कोषका तर्फबाट २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतीप्रती दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितहरुलाई प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोष मार्फत सहयोग गर्ने निर्णय भएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
सदस्य सचिव शाक्यका अनुसार कोषका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री एंव कोषका अध्यक्ष सुदन किराँती र उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नेछन । कोषले भूकम्पबाट मृत्यू भएकाहरुप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।