२०८१ श्रावण १२

लुम्बिनी साँस्कृतिक नगरपालिकाद्धारा १२ लाखको राहत सामाग्री सहयोग
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २१, मंगलवार १४:५१ गते

 

लुम्बिनी २१ कात्तिक ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले जाजरकोटका भूकम्प प्रभावित परिवारलाई राहत सामाग्री पठाएको छ । नगरपालिकाको तत्काल बसेको कार्यापालिकाको बैठकबाट भूकम्प प्रभावित परिवारलाई रु.१२ लाख बराबराको खाद्यन्न सामाग्री सहयोग गर्ने निर्णय गरेको थियो । नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, वडा न.४ विनोद कुमार श्रीवास्तव, वडा न.६ का वडा अध्यक्ष नईमुलहक मुसलमान, नगरपालिकाका विपद् व्यवस्थापन शाखाका संयोजक शेषराम यादव सहितको टोलिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सो राहत सामाग्री मंगलबार हस्तान्तरण गरेको छ ।

सहयोग गरिएको राहत सामाग्री अन्र्तगत मसिनो चामल ९६ क्विन्टल, मसुरो दाल १ सय के.जी, तोरीको तेल १६ कार्टुन्, चिउरा प्याकेट १ सय के.जी, आयोडिन नुन १ सय के.जी, चाउचाउ ७५ कार्टुन्, बलांकेट १६० थान रहेको छ । सामाग्रीको विवरण जिल्ला प्रशासनलाई हस्तान्तरण गर्दै नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलमानले विपत्ले निम्ताएको घाउलाई नगरपालिकाले मलम लगाएको बताएका छन् । नगरपालिकाले आवश्यक पर्ने सहयोग आगामी दिनमा गर्ने बताउँदै भुकम्पबाट मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईते परिवारलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस्तै,राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरपालिका उपमेयर कल्पना हरिजनले नगरपालिकाले मानवीय सेवा गरेको भन्दै विभिन्न सामाजिक संस्थाहरुलाई राहत अभियानमा सरिक हुन अपिल गरिन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाई, सहायक प्रमुख जिल्ला अधिकारीहरु धु्रव कुवंर र रामचन्द्र अर्यालको उपस्थिति रहेको थियो ।
साथै,सोही क्रममा लुम्बिनी होटल संघले नगरपालिकालाई भुकम्प प्रभावितलाई ७ वण्डल ओछ्याउने मेड सहयोग गरेको छ । सोही सामाग्री समेत जिल्ला प्रशासनलाई हस्तान्तरण गरिएको विपद् शाखा प्रमुख शेषराम यादवले जानकारी दिए ।