२०८१ श्रावण १२

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २३, बिहीबार १०:३२ गते

काठमाण्डौं २३ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै संघीय मन्त्रीहरूले एक महिनाको तलब भूकम्पपीडितलाई दिने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरूले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो।

यस्तै, आजको बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये पाँच रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गरेको छ।

नेपाल विद्युत् प्राधिकरणमार्फत कर्णाली–चिसापानी जलविद्युत् आयोजनाको अध्ययन अघि बढाउने निर्णय भएको छ।

यस्तै, सरकारले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाको रूपमा अघि बढाउन व्यवस्था मिलाउने व्यवस्था गरेको छ।