२०८१ श्रावण १२

सेयर बजारमा दोहोरो अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २३, बिहीबार १०:४५ गते

बुटवल २३ कात्तिक ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से १८५२ विन्दुमा कायम भएको छ ।
आज सबै समूहको सेयर घटेको छ। यसमा पनि सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबिआई बैंकको सेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ।
आज २८ लाख ३३ हजार कित्ता सेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको किनबेच भएको छ।