२०८१ श्रावण १२

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ७५.४५ प्रतिशत सफल
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २३, बिहीबार ११:०३ गते

काठमाडौं २३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए।
नतिजा अनुसार कुल परीक्षार्थीको ७५.४५ प्रतिशतले मात्र ग्रेडवृद्धि प्राप्त गर्न सकेका छन् ।

ग्रेडवृद्धि परीक्षामा एक लाख १७ हजार ८८२ सहभागी परीक्षार्थीहरु मध्ये ८८ हजार ९४७ जनाले ग्रेडवृद्धि प्राप्त गरेको कार्यालयले जनाएको छ । कार्यालयले १५ जना विद्यार्थीको परीक्षा रद्द गरेको जनाएको छ ।