२०८१ श्रावण १२

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २७, सोमबार १६:१८ गते

काठमाण्डौं २७ कात्तिक ।
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो।
सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिग्रन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन्।
सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने उनले जानकारी दिइन्।

मन्त्री शर्माले इन्टरनेट सेवा प्रदायकलाई आजै पत्राचार गर्ने र टिकटक तत्कालै बन्द गरिने बताइन्। टिकटक भारतसहित विभिन्न देशहरुमा पनि बन्द रहेको छ ।