२०८१ श्रावण १२

भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य
  • लुम्बिनी खोज
  • २०८० मंसिर ३, आईतवार १४:०१ गते

बुटवल ३ मंसिर ।
आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा आयोजक राष्ट्र भारतले अस्ट्रेलियालाई जितका लागि दुई सय ४१ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको हो ।
विराट कोहली र केएल राहुलको अर्धशतकप्रेरित भारतले आइसिसी एकदिवसीय विश्वकप २०२३ फाइनल जित्न अस्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेको भारतले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय ४० रन बनाएको हो।
भारतले यसअघि १० खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। सुरुवाती दुई खेल हारेको अस्ट्रेलिया त्यसपछिका आठ खेलमा अपराजित छ।