२०८१ श्रावण १२

अष्ट्रेलियाले छैटौँ पटक जित्यो क्रिकेट विश्वकपको उपाधि
  • लुम्बिनी खोज
  • २०८० मंसिर ३, आईतवार १६:३६ गते

 

बुटवल ३ मंसिर ।
घरेलु मैदानमा भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।
भारतको अहमदाबादमा भएको फाइनल खेलमा टस जितेर पहिले फील्डिङ रोजेको अस्ट्रेलियाले भारतलाई छ विकेटले पराजित गरेको हो। अस्ट्रेलियाको जितमा ट्राभिस हेडले बनाएको १३७ रन उल्लेख्य रह्यो। अस्ट्रेलियाले यसअघि पाँच पटक विश्वकप उपाधि हात पारिसकेको थियो।

यो विश्वकपमा अस्ट्रेलिया सुरुका दुई खेलमा पराजित भएको थियो।
यसअघि विराट कोहली र केएल राहुलको अर्धशतकको मद्दतले भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको थियो।