२०८१ आश्विन ६

नेप्सेमा एकल अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८० मंसिर ७, बिहीबार १०:२१ गते

बुटवल ७ मंसिर ।
बिहिबार नेप्से परिसूचक ९.८७ अंकले बढेको छ । एकल अंकको वृद्धिपछि एक हजार आठ सय ६०.२० विन्दुमा नेप्से कायम भएको छ। बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका दुई सय ९२ कम्पनीका ४४ लाख २० हजारभन्दा बढी कित्ता सेयर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएका छन्। बुधबारको तुलनामा कारोबार रकममा वृद्धि भएको छ। बुधबार एक अर्ब आठ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।