२०८१ कार्तिक ६

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु
  • लुम्बिनी खोज
  • २०८० मंसिर ९, शनिबार १२:४५ गते

बुटवल ९ मंसिर ।
लैंगिक हिंसा विरुद्वको विश्वव्यापी १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान समेत सन्चालन हुँदै आएको छ ।
नेपालमा पनि ुलैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धताु भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाइँदैछ । अभियानको सन्दर्भमा सरकारी र गैरसरकारी क्षेत्रबाट देशभरि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सन्चालन हुँदैछन् ।
अभियानका सन्दर्भमा भिडियो सन्देशमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताएका छन् । उनले नेपालमा लामो संघर्षपछि समावेशी समानुपातिक राजनीतिक प्रणाली स्थापित भएपनि अझै थुप्रै कार्यहरू बाँकी रहेको बताए ।यसैबीच शनिवार लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले राजधानी देउखुरीमा एक कार्यक्रमको गरी अभियान सुरु गरेको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री चन्द्रकेश(सिके) गुप्ताले संविधान अनुसार नेपालमा कुनै पनि प्रकारको विभेद नरहेको भएपनि लैंगिक हिंसाको अवस्थामा भने सुधार आउन नसकेको बताए ।
प्रमुख सचिव राधिका अर्यालले लैंगिक हिंसाविरुद्ध सबै सरोकारवालाको आवाज एक हुनुपर्ने बताइन । उनले लैङ्गिक हिंसा समाजको ठुलो समस्याको रुपमा रहेको भन्दै सोँच परिर्वतनसगैं यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको बताए ।