२०८१ श्रावण १२

आगलागी हुँदा चार जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० मंसिर ९, शनिबार १३:२० गते

बर्दिया ९ मंसिर ।
बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती सुतिरहेको समयमा आगलागी हुँदा तीन जना बालबालिकासहित चार जनाको मृत्यु भएको हो ।

गुलरिया नगरपालिका वडा नं ४ तुलापुरको एक घरमा राति करिब १० बजे आगलागी भएको थियो । सदरमुकाम नजिकै भएको आगलागीमा परि डेढ वर्षीय कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, १० वर्षीया मानषी बुढा र ३२ वर्षीया राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी २८ वर्षीया करिस्मा चन्द आगलागीमा परि घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।