२०८१ श्रावण १२

पूर्ण छात्रवृत्तिमा छनौट र परीक्षामा उत्कृष्ट विद्यार्थीलाई नवीनमा सम्मान तथा पुरस्कार वितरण
  • लुम्बिनी खोज
  • २०८० मंसिर १०, आईतवार १४:०१ गते

बुटवल १० मंसीर ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा पूर्ण छात्रवृत्तिमा छनौट विद्यार्थी र परीक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयले विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समुहमा अध्यापन गराई नगर, प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्टता प्राप्त गर्नुका साथै खेलकुद, विद्यार्थीहरुको व्यक्तित्व विकास, नेतृत्व विकास, अनुशासन लगायत विविध क्षेत्रमा उत्कृष्टता प्राप्त गर्दै गइरहेकोमा सम्पूर्ण सरोकारवालाहरुको उल्लेखनीय भूमिका रहेको भन्दै प्रशंसा गरे ।
उक्त अवशरमा चिकित्सा शिक्षा आयोगद्वारा लिइएको बाम्समा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल शुष्मा खनाल, यहि मंसीर १६ गतेबाट काठमाडौंमा संचालन हुने सातौ दक्षिण एसियाली कराते च्यामपियनसीपमा लुम्विनी प्रदेशको तर्फबाट ५५ केजी समुहमा छनौट भइ बन्द प्रशिक्षणमा रहेका सिभिल इन्जिनियरिङ कक्षा १२ का विद्यार्थी राहुल चौधरीलाई खेलमा उत्साह एवं सफलता प्राप्त गर्न खेलकुद प्रशिक्षण सामग्री खरिद गर्न विद्यालयको तर्फबाट पाँचहजार नगद प्रदान गरियो । त्यस्तै कक्षा १२ को विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समुहमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न समूहका उत्कृष्ट विद्यार्थीहरु रुक्शा अर्याल, राहुल भण्डारी, प्रदिप ज्ञवाली, विशाल बन्जाडे, आयुष्मा कुँवर, मनिषा थापा र शरिता दर्जी लगायत विद्यार्थीहरुलाई उच्च जीपिएको आधारमा पाँचहजार, दुई हजार र एक हजार बुटवल उपमहानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले वितरण गर्दै सम्मान गरियो ।
कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक प्रेम बहादुर बस्नेतले विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समुहको समुहगत, सेक्सनगत नतिजा विश्लेषण र राम्रो उपलब्धी स्तर प्राप्त गरेका विषयहरुलाई कायम राख्दै थप सुधार गर्न र कमजोर भएका विषयहरुमा थप सुधार गर्न प्रत्येक शनिवार पुनःपरीक्षा संचालन अभिभावक अन्तरकृया एवं विद्यार्थी उत्प्रेरणा र समन्वय विद्यालयको आन्तरिक र वाह्य पक्षको सोक(Swoc) विश्लेषण गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा १२ की विद्यार्थी बसन्ती ढकालको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, राजश्री संगीतालयका प्राचार्य शुरेश सेन्चुरी चिकित्सा शिक्षा आयोगमा पूर्ण छात्रवृत्ति छनौट भएकी विद्यार्थी शुष्मा खनालले अनुभव शेयर गरेकी थिइन् ।