२०८१ श्रावण १२

नेप्सेमा १७.९३ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० मंसिर १३, बुधबार ११:३० गते

बुटवल १३ मंसिर ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १७.९३ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचकमा आजै ०.९४ प्रतिशतको गिरावट आएको हो । यससँगै परिसूचक १८७६ अंकमा आएर रोकिएको छ ।
परिसूचक दोहोरो अंकले घटे को बजारमा आज १ अर्ब १ करोड ४१ लाख रुपैयाँ बराबरको ३३ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार भएको थियो । आज १९० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढ्दा ७ कम्पनीको भने स्थिर कायम छ ।