२०८१ श्रावण १२

उद्योग संघको स्थापना दिवसमा व्याडमिन्टन प्रतियोगिता
  • लुम्बिनी खोज
  • २०८० मंसिर १४, बिहीबार ११:३९ गते

बुटवल, १४ मंसिर ।
रुपन्देही उद्योग संघले ४६ औं स्थापना दिवस तथा औद्योगिक दिवस–२०८० को अवसरमा विहिवार व्यवसायीक संघसंस्थाहरुवीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।
रुपन्देहीमा क्रियाशिल व्यवसायीक संघसंस्थाहरुको सहभागिता रहेको प्रतियागितामा इट्टा व्यवसायी संघ प्रथम भएको भएको छ । फाइनलमा आयोजक रुपन्देही उद्योग संघको जोडी वोनिन पिया र जिवकान्त काफ्लेवीच प्रतिस्पर्धा भएको थियो । जसमा इट्टा व्यवसायी संघको जोडि दिलिप गौचन र बाबुराम पाठक विजयी भई प्रथम भएको हो । फाइनलमा दिलिप गौचन र बाबुराम पाठकको जोडिले २१–१६ र २१–१६ को सोझो सेटमा जित निकालेको थियो । प्रतियोगितामा वोनिन पिया र जिवकान्त काफ्लेको जोडि दोस्रो तथा हिरामणी भट्टराई र गोविन्द भुसाल तथा यादव भण्डारी र कमल ज्ञवालीको जोडि तस्रो भएको छ ।
पहिलो सेमिफाइनलमा रुपन्देही उद्योग संघको हिरामणी भट्टराई र गोविन्द भुसाल तथा दिलिप गौचन र बाबुराम पाठकको जोडि खेलेको थियो भने दोस्रोमा वोनिन पिया र जिवकान्त काफ्ले तथा औद्योगिक क्षेत्र उद्योग संघको यादव भण्डारी र कमल ज्ञवालीको जोडि खेलेको थियो ।
प्रतियोगितामा नेपाल पत्रकार महासंघ, रुपन्देही उद्योग संघ, इट्टा व्यवसायी संघ, उद्योग व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघकातर्फबाट १२ टिम सहभागिता रहेको कार्यक्रम संयोजक बल बहादुर गोदारले बताए ।
प्रतियोगिता न्यू लुम्बिनी व्याडमिन्टन क्लबको शिवनगर सामुदायीक वनमानिर्मित कर्वड हलमा आयोजना गरिएको थियो । प्रतियोगिताको उद्घाटन संघका पुर्व अध्यक्ष वोनिन पियाले गरेका थिए । महासचिव हिरामणी भट्टराईले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमका संयोजक वलबहादुर गोदारले सहभागी खेलाडी र टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।