२०८१ श्रावण १२

नेप्सेमा १८ अंकको गिरावट, १ अर्ब ३२ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८० मंसिर १४, बिहीबार ११:५० गते

बुटवल १४ मंसिर ।
सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १८.०६ अंकले घट्दै १८ सय ५८.५३ विन्दुमा झरेको हो ।

सोमबार ११, मंगलबार २, बुधबार १७.९ अंकले बजार घटेको थियो । आज १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।