२०८१ श्रावण १२

लुम्बिनी बौद्व विश्वविद्यालयको बार्षिकोत्सव, बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छः प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०८० मंसिर १४, बिहीबार १२:०८ गते

लुम्बिनी १४ मंसिर ।
लुम्बिनी बौद्व विश्व विद्यालय ले स्थापनाको १९ औ बार्षिकउत्सव मनाएको छ । बिहिबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्व शिक्षाको महत्व नेपालमा मात्रै नभएर विश्वभर महत्व भएको बताएका छन् । बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको बताए । ‘बुद्ध शिक्षा मार्गदर्शक हो, यसको अनुसरण र परिपालना सबैले गर्नुपर्छ, उनले भने ।
बौद्वमार्गको बिषयमा सबैले ध्यानदिन जरुरी रहेको भन्दै उनले बौद्व शिक्षाको माध्यमबाट देशमा पर्यटकिय क्षेत्रको समेत विकास गर्न सकिने बताए ।
एउटा राजाको सन्तानको रुपमा जन्मिएका बुद्धले मानव कल्याण र विश्वको कल्याणको लागि गरेको गृह त्याग साच्चिकै मानवले अनुशरण गर्नुपर्ने उनले बताए । विश्व शान्ति को लागि विश्वको जीव र जगतको भलो हुने गरि बिकासफ गर्न जरुरी रहेको उनको भनाय छ ।
बिश्वमा २÷३ महिनामा मात्रै हजारौंले ज्यान गुमाउनु परेको बताउदै उनले युद्धको बाटो सहि नभएको बताए । नेपालले पनि द्वन्द्वको सामाना गरेको कारण अहिले पनि समस्या रहेको बताउँदै प्रदेश प्रमख शेरचनले नेपालको बौद्व शिक्षालाई विश्वरभर फैलाएर लाभ मात्रै नभएर पुन्य समेत कमाउन सकिने बताए ।
अवको शिक्षा दर्शनसंगै प्रतिफलमा आधारित शिक्षा रहेको बताउदै उनले प्राविधिक ज्ञान, सीप र धारणाको बिकास गर्नु पर्ने बताए । पछिल्लो समयममा देश प्राविधिकले जनशक्ति अभाव रहेको भन्दै उनले प्रविधिक शिक्षाले देशमा स्वरोजगार सृजना गर्नु पर्ने धारणा राखेका थिए । बुद्धको सन्देश मात्रै बिश्वभर फैलाउन सकेमा नेपालले धार्मिक पर्यटनमाफर्त आर्थिक कायापलट गर्न सकिने बताएका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विश्वविद्यालयको शैक्षिक विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नका लागि उच्च शिक्षामा गुणस्तरबृद्धि आवश्यक रहेको बताए । ‘समयमा विद्यार्थी भर्ना गरी समयमै नतिजा प्रकाशन हुनुपर्छ, उनले भने, विश्वविद्यालय प्रति अभिभावकको विश्वास टुटेको छ त्यसलाई जित्नुपर्छ ।’
बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको बताए । आधुनिक शिक्षाा प्रणालीलाई अबलम्बन गर्दै अनलाइन परीक्षा प्रणाली, छोटो अबधीका कोषहरु सञ्चालन गरिने उनले बताए ।
उपकुलपति बज्राचार्यले कपिलवस्तुमा त्रिपिटक पार्क निर्माण बनाउने योजना अघि बढाइएको बताए । उनले अन्र्तराष्ट्रिय विश्वविद्यालय बनाउनका लागि ट्रष्टको निर्माण गर्ने कार्य अघि बढि सकेको बताए ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले सातै प्रदेशमा अनुसन्धान केन्द्र निर्माण गरी विश्वविद्यालयलाई अनुसन्धानमै केन्द्रीत बनाउने योजना अनुरुप काम भइरहेको बताए । सानो संरचनाबाट विश्वविद्यालय देखिने चरणमा आइपुगेको भन्दै उनले बौद्ध शिक्षा अध्ययनका लागि अन्र्तराष्ट्रिय केन्द्रका रुपमा स्थापित गरिने बताए ।
विश्वविद्यालय लुम्बिनी, बुटवल र देवदहमा फैलिइसकेको भन्दै छिट्टै कपिलवस्तु र रामग्राम क्षेत्रमा पनि उपस्थिति हुने बताए । भौतिक संरचना निर्माण, कर्मचारी शिक्षक व्यवस्थापनमा बजेट कम हुँदा कठिन भइरहेको भन्दै उनले अन्य विश्वविद्यालयलाई जस्तै गरी नहेर्न अनुदान आयोगलाई आग्रह गरे । विशिष्टकृत विश्वविद्यालयलाई सरकारबाट सोही अनुरुप स्रोत ब्यवस्थापन हुनुपर्ने उनको भनाई थियो ।
विश्वविद्यालयका अधिकृत चुरामणि पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद बस्याल, सम्मरीमाई गाउपालिकाका बिनोद कुमार श्रीवास्तव, बेल्ट एण्ड रोड इन्टरनेशनल अर्गनाइजेसनका सेक्रेटरी चु फेङले बोल्दै विश्वविद्यालयसंग सहकार्यमा अघि बढ्ने बताए ।
कार्यक्रममा विश्वविद्यालयले कर्मचारीहरु सुरशराज आचार्य, विजयसिंह क्षेत्री, इमरान धुनिया र कामेश्वर यादवलाई सम्मान गरेको छ । कार्यक्रममा सेमिनार पेपरसम्मिलित पुस्तक बिमाचन समेत गरिएको छ ।
बार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले बिहिबार बिहान स्वास्थ्य शिबिर आयोजना गरेको थियो । शिबिरमा करिव ३ सय जनाले सेवा लिएका छन् ।