२०८१ श्रावण १२

नेप्सेमा दोहोरो अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० मंसिर १९, मंगलवार १०:१५ गते

बुटवल १९ मंसिर ।
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । मंगलबार नेप्से परिसूचक १०.१० विन्दुले घटेर एक हजार आठ सय ३७.७१ अंकमा झरेको छ। यसअघि पछिल्ला ६ दिनदेखि नेप्सेमा गिरावट आइरहेको छ। कुल ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड ४९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार एक अर्ब १८ करोड ८९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।