२०८१ श्रावण १२

दोहोरो अंकमा बढ्यो नेप्से
  • लुम्बिनी खोज
  • २०८० मंसिर २१, बिहीबार ११:४३ गते

बुटवल २१ मंसिर ।
साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से ११.७३ अंकले बढेर एक हजार आठ सय ५२.७७ बिन्दुमा कायम भएको छ।

आज एक सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ। आज ९५ लाख पाँच हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा समेत वृद्धि भएको छ। बुधबार एक अर्ब नौ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।