२०८१ श्रावण १२

क्षमता विकास सम्बन्धी तालिम शुरु
  • लुम्बिनी खोज
  • २०८० मंसिर २४, आईतवार १२:१४ गते

 

बुटवल,२४ मंसीर ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको वार्षिक कार्यक्रम अन्तरगत स्थानीय तहमा कार्यरत कर्मचारीहरुको क्षमता विकास सम्बन्धी तालिम आइतवार सुरु भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव माधव बन्जाडेको अध्यक्षतामा अधिकृत जीवन खनालको संचालनमा नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा संचालन भएको कार्यक्रममा सिद्वार्थ नगर नगरपालिका शिक्षा अधिकृत उप सचिव चेतन शिल लम्साल, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले धारणा राखेका थिए ।
स्थानीय तह शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायकको लागि ५ दिन सम्म संचालन गरिने क्षमता विकास तालिममा पहिलो दिन सिद्वार्थ नगरपालिका शिक्षा अधिकारी उपसचिव चेतनशील लम्सालले इमिक्सनसंग सम्बन्धित विषयमा प्रशिक्षण दिएका छन् ।