२०८१ श्रावण १२

उद्योग संघमा सल्लाहकार समिति गठन
  • लुम्बिनी खोज
  • २०८० मंसिर २५, सोमबार ०९:४४ गते

बुटवल, २५ मंसिर
रुपन्देही उद्योग संघका नव निर्वाचित अध्यक्ष दिलिप सापकोटाले एक प्रेस विज्ञप्ती जारी गर्दै संघको सल्लाहकार समिति र ३ जना कार्यसमिति सदस्य पदमा मनोनित गरेको जनाएका छन् ।
रुपन्देही उद्योग संघको विधान अनुसार संघका अध्यक्षले ३ जना उद्योगीलाई कार्यसमिति सदस्यमा मनोनित गर्न सक्ने व्यवस्था अनुसार पण्डित आयुवेर्दिक उद्योग तिलोत्तमाका चन्द्रकान्त खनाल, अन्नपूर्ण बेकरीज उद्योग सिद्धार्थनगरका यादव गैरे र मनिषा इन्जिनियरिङ्ग इण्डष्ट्रिज बुटवलकी दिलु शाहीलाई अध्यक्ष दिलिप सापकोटाले कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् ।
त्यसैगरी संघको सल्लाहकार समिति संयोजकमा संघका पूर्ब अध्यक्ष बाबुराम बोहोरा, सदस्यहरुमा अस्मिता कापी उद्योग बुटवलका ऋषि बहादुर भण्डारी, सुपर कंक्रिट उद्योग बुटवलका शिव कुमार पाठक, लुम्बिनी आल्मुनियम एण्ड मेटल इण्डष्ट्रिज बुटवलका राजेन्द्र कार्की र फस्ट च्वाइस प्mड्स प्रा.लि.शुद्धोधनका कृष्ण प्रसाद पौडेललाई मनोनयन गरेको जनाएका छन् ।
त्यसैगरि संघको आर्थिक सल्लाहकारमा प्राध्यापक भरत भुसाल, कानुनी सल्लाहाकारमा अधिवक्ता यमलाल खनाल, प्राविधिक सल्लाहकारमा ज्ञान प्रसाद अर्याल र प्रेस सल्लाहकारमा संचारकर्मी रामप्रसाद आचार्यलाई मनोनित गरेका छन् ।
संघको गत असोज २९ गते सम्पन्न २३ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष सापकोटाले संघको विधानको अधिकार प्रयोग गरी सो सल्लाहकार समिति गठन गरेका हुन् । संघका कार्यक्रम, योजना तथा नीति निर्माणमा सुझाव सल्लाह लिने उद्देश्य सहित विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिहरुलाई सल्लाहकारको रुपमा अध्यक्षले मनोनित गर्ने संघको व्यवस्था रहेको छ ।