२०८१ चैत्र ६
बुटवल २७ मंसिर ।
बुधबार नेप्से परिसूचक २.६० अंकले बढेको छ । २.६० अंकको वृद्धिसगै नेप्से परिसुचक एक हजार नौ सय ८८.०४ विन्दुमा पुगेको छ। एक करोड २० लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ९० करोड ९१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज कारोबार भएकामध्ये एक सयवटा कम्पनीको सेयर मूल्य घटेका छन् भने एक सय ३४ कम्पनीका मूल्य बढेका छन्।