२०८१ श्रावण १२

राष्ट्रपतिद्वारा संसद्का महासचिवको राजीनामा स्वीकृत
  • लुम्बिनी खोज
  • २०८० मंसिर २७, बुधबार १३:३७ गते

काठमाडौँ २७ मंसिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको राजीनामा बुधवार स्वीकृत गरेका छन् । महासचिव गौतमले गत २४ गते राजीनामा बुझाएका थिए ।
गौतमको राजीनामा स्वीकृत नहुँदै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम महासचिवका लागि सिफारिस गरेका थिए ।
राजीनामा स्वीकृत नहुँदै नयाँ सिफारिस भएपछि राष्ट्रपतिले उक्त सिफारिसलाई अध्ययन गर्ने भन्दै राखेको छ । सिफारिसको प्रक्रिया नमिलेको भन्दै राष्ट्रपतिले नयाँ नियुक्ति नगरेपछि सभामुखले सचिव पाण्डेयलाई बुधबारै कार्यवहाक महासचिवको जिम्मेवारी दिएका छन् ।