२०८१ श्रावण १२

धनकुटामा ओलीमाथि आक्रमण
  • लुम्बिनी खोज
  • २०८० मंसिर २८, बिहीबार ११:४७ गते

बुटवल २८ मंसिर ।
पूर्व–पश्चिम संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ। भोजपुरबाट धनकुटा जानेक्रममा उनीमाथि मुक्का प्रहार भएको हो।
धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले मुक्का प्रहार गरेका हुन्।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट आएका राईले ओली नजिकै पुगेर मुक्का प्रहारको प्रयास गरेको भिडियोमा देख्न सकिन्छ। मुक्का प्रहारको प्रयासलगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका थिए। उनले मुक्का हान्नुको कारण खुलेको छैन ।