२०८१ श्रावण १२

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
  • लुम्बिनी खोज
  • २०८० मंसिर २८, बिहीबार १४:२० गते

काठमाडौं २८ मंसिर।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कांग्रेस नेता बालकृष्ण खाँण धरौटीमा छुट्ने भएका छन्। उच्च अदालतको आदेशमा उनी रिहा हुने भएका हुन् ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएका छन् । अदालतको आदेश सगै सात महिनापछि खाण धरौटीमा छुट्ने भएका छन्।
यसअघि १५ मंसिरमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा निर्णय दिन सकेको थिएन ।
खरेलले खाँणलाई पुर्पक्षका लागि थुनामा पठाउने राय दिएका थिए भने न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा राय दिएका थिए । न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा उच्च अदालतकै तेस्रो न्यायाधीशको इजलासमा पठाइएको थियो । सोही मुद्दामा बिहीबार न्यायाधीश कोइरालाले पाण्डेको रायलाई समर्थन गरेपछि खाँण रिहा हुने भएका हुन् ।