२०८१ श्रावण १२

रिहा भए पूर्वगृहमन्त्री बालकृष्ण खाँण
  • लुम्बिनी खोज
  • २०८० मंसिर २९, शुक्रबार १२:४५ गते

काठमाण्डौं २९ मंसिर ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण सम्पत्ति शुद्धीकरणको अभियोगमा १५ लाख रुपैयाँ धरौटी बझाएर रिहा भएका हुन् ।

विभागले खाणलाई १५ माघमा तारिखमा बोलाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न प्रहरीले विभागमा लेखेर पठाएको थियो ।
यसअघि खाणले आजै जिल्ला अदालत काठमाडौंमा ३० लाख रुपैयाँ बैंक धरौटी बुझाएका थिए । नक्कली शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका खाण उच्च अदालतको आदेशमा धरौटीमा छुटेका हुन् । अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छुटेपछि खाँण थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।